दफा १३९
अदालतले संरक्षक नियुक्त गर्न सक्ने

(१) दफा १३६ वा १३७ मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले देहायको अवस्थामा कुनै खास व्यक्तिलाई त्यसको कारणखुलाई संरक्षक नियुक्त गर्न सक्नेछः–
(क) दफा १३६ बमोजिम कुनै व्यक्ति संरक्षक हुन नचाहेको अवस्थामा संरक्षक नियुक्ति गर्न सम्बन्धित स्थानीयतहको सम्बन्धित वडा समितिले अदालतमा निवेदन दिएमा,
(ख) सरोकारवालाले संरक्षक नियुक्त गर्न अदालतमा निवेदन दिएमा ।
(२) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले त्यस्तो असक्षम वा अर्धसक्षम व्यक्तिको हक, हित वा संरक्षण हुनसक्ने वा नसक्ने कुरा तर्फ विचार गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गर्दा अदालतले संरक्षक हुने व्यक्तिको समेत सहमति लिनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम संरक्षक नियुक्त गरी सकेपछि अदालतले त्यसको लिखित जानकारी संरक्षक हुने व्यक्ति र स्थानीयतहलाई दिनु पर्नेछ ।